•            
    • sajhaonlinetv. com

    • २० बैशाख २०७९, मंगलवार ०८:२६

    सत्ता गठबन्धनले बिहीबार चितवनमा बिसाल आमसभा गर्ने

    पाँच दलिय सत्ता गठबन्धनले बिहीबार चितवनमा बिसाल आमसभा गर्ने भएको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्ने भएको छ। उक्त सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका पाँच दलिय सत्ता गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूलाई पनि कार्यक्रममा निम्त्याउने तयारी छ । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भने, ‘प्रधानमन्त्रीज्यू र माओवादी केन्द्रका अध्यक्ष सहभागी हुनुहुन्छ । बाँकी नेताहरूको हकमा कुराकानी भइरहेको छ ।’ चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

    भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कँग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि उनी ब्याक नभएको अवस्था छ । यसलाई मध्यनजर गर्दै  गठबन्धनको चितवन संयन्त्रले शीर्ष नेतालाई भरतपुर ओराल्ने तयारी थालेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै