•            
    • sajhaonlinetv. com

    • २० बैशाख २०७९, मंगलवार ०९:४७

    चलचित्र क्षेत्रका तिन चर्चित कलाकार नेपाली कांग्रेसमा प्रबेश

    नेपाली चलचित्र क्षेत्रका तिन चर्चित कलाकार नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेमा चर्चित नायक भुवन के.सी, चर्चित नायिका श्वेता खड्का र रबिन्द्र खड्का रहेका छन् ।

    नेपाली चलचित्र क्षेत्रका तिन चर्चित कलाकार आज नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेमा चर्चित नायक भुवन के.सी, चर्चित नायिका श्वेता खड्का र रबिन्द्र खड्का रहेका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्दै सदस्यता पत्र प्रदान गरे । उनीहरुलाई कलाकार नीर शाहलगायतले कांग्रेसमा प्रवेश गराउन मध्यस्थकर्ताको भूमिका खेलेका हुन् । भुवन र रविन्द्र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

    २०७० सालको निर्वाचनमा भुवन केसीले एमालेबाट काठमाडौं १ बाट प्रत्यक्षतर्फ टिकट समेत पाएका थिए । तर, पार्टीमा कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भन्दै नेता-कार्यकर्ताले विरोध जनाएपछि पार्टीले २४ घन्टामै उनलाई दिएको टिकट खोस्यो । त्यसपछि उनको एमालेसँग सम्बन्ध विक्षेद नै भएको थियो । पछिल्लो समय उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । उनले केही चरण राप्रपा अध्यक्षसँग छलफल समेत गरेका थिए । तर, भुवनले आउँदो संसदीय निर्वाचनमा समानुपातिक सांसद् बनाउनु पर्ने माग राखेपछि वार्ता भाँडिएको थियो । यसपछि उनी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उठ्ने तयारीमा थिए । तर, पछि उनले उम्मेदवारी नदिने घोषणा गरे ।  त्यस्तै, पुराना अभिनेता रविन्द्र खड्का कट्टर एमाले थिए । यसपटकको स्थानीय तहको निर्वाचनमा उनले एमालेबाट काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए । तर, पार्टीले उनको उम्मेदवारी घोषणालाई अत्यन्त हलुका रुपमा लिएपछि उनले एमाले छाडेर नेपाली कांग्रेस रोजेका हुन् । उनी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै