•            
    • sajhaonlinetv. com

    • २१ बैशाख २०७९, बुधबार ०३:३८

    प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुदै

    प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज बुधवार सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका थिए।

    प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको रिटमा आज बुधवार सुनुवाइ हुने गरी सर्वोच्च अदालतले पेशी तोकेको छ । आईजीपी नियुक्तिबारे असन्तुष्ट अर्का  एआईजी सहकुल बहादुर थापा बुधवारबाट काममा फर्किन सहमत भएका छन् । मन्त्रिपरिषद्को निर्णयप्रति असहमति राखेका विश्वराज पोखरेलले ३० दिन लामो बिदा लिएका छन् । आईजीपीको प्रतिस्पर्धामा रहेका विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना अघि एआईजीमा बढुवा भएका थिए । सहकुल थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना अघि एआईजी भएका हुन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुक १ महिनाअघि  एआईजीमा बढुवा भएका थिए । 

    आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् । २०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै