•            
    • sajhaonlinetv. com

    • २१ बैशाख २०७९, बुधबार ०८:४१

    प्रधानमन्त्री शेरबहादुर देउवा चुनाबी सभालाई सम्बोधन गर्न चितवन पुगे

    नेपाली काङ्ग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा बिहिबार चितावनमा हुने बिसाल चुनाबी सभालाई सम्बोधन गर्न चितवन पुगेका छन्। उनी काठमाडौंबाट जहाजमार्फत बुधबार दिउँसो पौने १ बजे चितवन विमानस्थलमा उत्रिएका हुन्। 

    भरतपुर महानगरपालिकाको प्रमुख फेरि नेकपा माओवादी केन्द्रको भागमा परेपछि कार्यकर्तामा चुलिएको असन्तुष्टि मत्थर पार्न देउवा चितवन पुगेका हुन्। 

    नेपाली कांग्रेस चितवनले पार्टी सभापतिसमेत रहेका देउवा बास बस्ने गरी जिल्ला आएको पुष्टि गरेको छ। जिल्ला उपसभापति राजीव न्यौपानेले प्रधानमन्त्री देउवा बुधबार दिउँसो भरतपुर पुगेका हुन्। 

    भरतपुरमा कांग्रेसको निर्देशन अवज्ञा गर्दै उठेका जगन्नाथ पौडेलले माओवादी उम्मेदवार रेनु दाहाललाई अफ्ठ्यारो पार्ने अवस्था आएपछि गठबन्धनका नेताहरु भरतपुरमा केन्द्रित भएका हुन्। 

    स्रोतका अनुसार जगन्नाथले गठबन्धनले सोचेभन्दा धेरै भोट काट्न सक्ने सम्भावना बढ्दै गएपछि देउवा र प्रचण्डसहित गठबन्धनका दर्जन बढी नेता भरतपुरमा उत्रिँदैछन्। 

    प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धनमा रहेका दलका जिल्ला नेतृत्वले पनि भेट्न सम्भावना छ। तर, उपसभापति न्यौपानेले भेटघाटको कार्यतालिका तय भइनसकेको बताएका छन्।

    सत्ता गठबन्धनका साझा उम्मेदवार रेनु दाहालविरुद्ध उम्मेदवारी दिएर पार्टीको कारबाहीमा परेका उम्मेदवार जगन्नाथ पौडेलले पनि सभापति देउवालाई भेट्न जाने संकेत गरे। 

    ‘उहाँ हाम्रो सभापति पनि हो। उहाँलाई भेट्न पार्टीका विभिन्न नेताहरु पुग्छन्,’ उपसभापति न्यौपानेले भने, ‘उहाँबाट पार्टी केन्द्रको निर्देशन पालनाका लागि अपिल हुन सक्छ।’

    भरतपुरको होटल सिराइचुलीमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता शंकर भण्डारीले पनि प्रधानमन्त्री देउवा बुधबार भरतपुर आउने बताएका थिए। 

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै