नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी र्निर्वाचित भएका छन् । बुधबार भएको एनएसजेएफको १७औं वार्षिक साधारणसभाबाट सुवेदी तीन वर्षको कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सुवेदीले ५९ मत प्राप्त गरी पुन निर्बाचित भएका छन । उनको यो दोस्रो कार्यकाल हो । उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए । मञ्चको प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी सर्वसम्मत भए भने उपाध्यक्षमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी पनि सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै प्रज्वल ओली महासचिव, अन्जन खड्का सचिव र सुजन श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए ।










