नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई केन्द्रीय नेताको जिम्मेवारी खोसेको छ। केन्द्रीय नेतादय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।
चलाऊने र लोहोनी नेकपा प्रभाब साली नेताको रुपमा चिनिन्थे । लामो समय देखी दुबै जन बिपलबको साथमा काम गर्दै आएका थिए । दिपक चलाउने जनमुक्ती शेनाका पूर्व शह डिभिजन कमाण्डर हुन ।
सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रकाण्डले बताएका छन्। पार्टी फुटाउने, जनक्रान्ति बिसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको जनाएको छ।
यसअघि यही वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए। यसैगरी, केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष ईश्वरी दाहालको नेतृत्वमा वली र बास्तोला पक्षले बुधबार चितवनमा भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए। उनीहरूले विप्लव सिद्धान्तबाट बिचलित भएर पार्टी तथा क्रान्तिलाई धोका दिएको आरोप लगाएका थिए।










