काठमाडौंको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ को मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट स्कुल जाँदै गरेका दुई बालिकाको मृत्यु भएको वडाध्यक्ष राम मानन्धारले सेतोपाटीलाई बताए।
बाबुले चलाएको मोटरसाइकलमा सवार छोरीहरूको टिपरको ठक्करबाट मृत्यु भएको हो। उनीहरू वल्ड युथ इन्टरनेसनल स्कुलमा पढ्थे।
टिपरको ठक्करबाट मोटरसाइकल चालक रोहन घिसिङ घाइते छन्। उनका छोरीहरू सृष्टि र श्रेयाको भने मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले बताए।
घिसिङले मोटरसाइकलमा सुष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६५ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।
चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक तामाङका अनुसार घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ।