•            
    • sajhaonlinetv. com

    • २२ बैशाख २०७९, बिहीबार १०:५८

    रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ : माधव कुमार नेपाल (पुर्व प्रधानमन्त्री)

    सत्ता पक्षको चितवान, भरतपुरमा भब्य आम सभा हुँदै छ । आम सभामा नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा, पुर्व प्रधानमन्त्री तथा ने.क.पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल लगायत पाँच दलिय गठबन्धनका शिर्ष नेताहरुको सहभागिता भएको छ ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र रहेको टिप्पणी गरेका छन् ।  बिहीबार चितवनको भरतपुरमा गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए ।  केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै सम्बोधन गर्न सुरु गरेका नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताए । 

    ‘हजार जिब्रो भएका शेषनागले त सक्दैनन् मैले कसरी सक्छु ? बयल गाडाका प्रवर्तक केपी ओली हो । उनले गफमा विद्यावारिधि गरेका छन् । झुट र भ्रमको खेती गर्छन् होस् गर्नुहोला’, अध्यक्ष नेपालको भनाइ छ । 

    उनले भरतपुरमा रेनु दाहालले गरेको कामको प्रशंसा गर्दै बधाई दिए । ‘बधाई छ रेनु दाहाललाई’, नेपालले बधाई दिँदै भने, ‘योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ । सोही आधारमा गठबन्धनले उहाँलाई मेयरमा चयन गरेर सही निर्णय गरेको छ । र यो निर्णयअनुसार नै उहाँलाई जिताउन तपाई सम्पूर्ण भरतपुर नगरबासीहरु जुट्न आवश्यक छ ।’ उनले काँग्रेसभित्रको असन्तुष्ट पक्षलाई उम्मेदवारी फिर्ता लिन सुझाव पनि दिए ।

    आम सभा कलाकार सन्दिप क्षेत्रीले चितवनको भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् ।

    बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा क्षेत्रीले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् । ‘खासमा म अर्कै कार्यक्रमलाई आएको थिएँ,’ क्षेत्रीले भने, ‘दिदी (रेनु दाहाल)को कार्यक्रम छ भन्ने थाहा भएपछि मलाई पनि आउ-आउ लाग्यो ।’

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै