•            
    • sajhaonlinetv. com

    • २२ बैशाख २०७९, बिहीबार ११:४०

    हारेको माधव र प्रचन्डले हैन केपी ओलीले हो : पुष्पकमल दाहाल (प्रचण्ड)

    पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनका उम्मेद्धारलाई मतदान नगरे देश दुर्घटनामा जाने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए ।

     दाहालले कृष्णलाल सापकोटाको प्रसंग जोड्दै भने केपी ओलीलाई प्रचण्ड र माधव नेपालले एक तिहाईमा झारेर ७० प्रतिशत बहुमत बनाएर केपीलाई पार्टीबाट निष्काषन गरको तथ्यलाई कसैले पनि इतिहासलाई यीतझुठो साबित गर्न सक्दैन । निकै जालझेल र षडेन्त्र गरेर पार्टी फटाइयो । हारेको माधव र प्रचन्डले हैन केपी ओलीले हो ।

    अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले जनआन्दोलन २०४६ मा रुख र हँसिया हथौडा​सँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडा​सँगै हिँडेको गलत थियो ? भन्दै उनले प्रश्न गरे । 

    उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा गरेको स्मरण गरे । उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे । 

    प्रचण्डले अघिल्लो चुनावमा चितवनमा काँग्रेससँग गठबन्धन गर्दा रुखवालाले हँसिया हथौडामा भोट हाल्न नरुचाएका कारण शेरबहादुर देउवालाई सोधेर नै बाम गठबन्धनमा जान्छु भनी नढाँटीकन गएको बताए ।  उनले बाम गठबन्धनमा गएपनि केपी ओली प्रवृतिको विरुद्ध लड्न १९ बुँदे पत्र आफूले दिएको उल्लेख गरे । उनले चितवनवासीलाई गठबन्धन कमजोर नबनाउन आग्रह गरे ।​

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै