नेपाली कथानक चलचित्र “लक्का जवान” आज बाट देशभर प्रदर्शनमा आएको छ। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्म ‘लक्का जवान’ हाँस्य कलाकार शिवहरि पौडेलले निर्देशन गरेका हुन् । अन्सुया श्रेष्ठले निर्माण गरेको फिल्ममा शिवहरिसँगै मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय देख्न सकिन्छ ।










