•            
    • sajhaonlinetv. com

    • २३ बैशाख २०७९, शुक्रबार १५:११

    महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गर्नु महिलाहरुको अपमान हो : प्रचण्ड

    पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

    सत्तारुढ गठबन्धनले आज शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कसैको छोरी र श्रीमतीका रुपमा प्रचार गर्नु महिलाहरुको अपमान भएको बताएका छन् । ‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ उनले भने, ‘कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छन् ।’

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै