•            
    • sajhaonlinetv. com

    • २५ बैशाख २०७९, आईतवार ०२:३१

    चुनावी सभालाई सम्बोधन गर्न ‘प्रचण्ड’ आज पोखरा जाँदै

    पुर्ब प्रधान मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै छन् ।

    पुर्ब प्रधान मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न कास्की जिल्लाको सदर्मुकाम पोखरा जाँदै छन् । प्रचन्डका स्वकिए सचिव रमेश मल्लले बिहान १० बजे प्रचण्ड पोखरा जाने जानकारी दिए ।

    पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् । पोखरामा प्रचन्ड लगायत,प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै