•            
    • sajhaonlinetv. com

    • २५ बैशाख २०७९, आईतवार १०:२५

    गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा मात्रै प्रतिक्रान्ति र प्रतिगमनको षडयन्त्र परास्त गर्न सकिन्छ : प्रचण्ड

    पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले चितवनमा बोलेको कुरालाई गलत ढंगले प्रचार भएको बताएका छन् । कतिपय मिडियाहरूले प्रचण्डले जनतालाई धम्क्याएको भनेर टिप्पणी गरेपनि वास्तविकता त्यस्तो नभएको बताए । 

    ‘कतिपय मिडियाहरूले मलाई भने, जनतालाई धम्क्यायो । गठबन्धनलाई जिताएन भने देश दुर्घटना हुन्छ भन्यो भन्ने चर्चा परिचर्चा पनि तपाईँहरुले सुन्नुभयो’, आइतबार दाङमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीले भनेको कुरा यति हो कि यो गठबन्धन निकै ठूलो प्रतिगामी षडयन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो । यो निर्वाचनबाट पनि यो षडयन्त्रलाई परास्त गर्न जरुरी छ । त्यो परास्त गर्नका लागि मैले जनतालाई अपिल गरेँ ।’

    गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा मात्रै प्रतिक्रान्ति र प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ भन्ने भरतपुरको आफ्नो आशय रहेको प्रचण्डको भनाइ थियो । तर, त्यो भनाइलाई छोरी जिताउनका लागि देशै दुर्घटनामा जान्छ भन्यो भनेर नकारात्मक ढंगले प्रचार गरिएको प्रचण्डले गुनासो पोखे । 

    उनले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नका लागि गठबन्धन बनेकाले मतदातासँग अपिल गरे । तुल्सीपुर उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरिलाई जिताइनु पर्ने भन्दै प्रचण्डले उनी काँग्रेसको अनुभवी नेता भएको बताए । उनले सत्ता गठबन्धन प्रगतिशील रहेको पनि जिकिर गरे । ‘गठबन्धनको पाँचै पाटीको अनुहार हेर्नुभयो भने सबैको इतिहास, विरासत र चरित्र प्रगतिशील छन्’, उनले भने, ‘यी दलले समानुपातिक, समानुपातिक समावेशिताको रक्षा गर्नेछन् । यो अग्रगामी र प्रगतिशील छ । ’उनले देशमा विखण्डन गर्न चाहने र प्रतिगामीको एउटा गठबन्धन र अर्को आफूहरुको प्रगतिशील गठबन्धन रहेको प्रचण्डको जिकिर छ ।  प्रचण्डले अहिलेको व्यवस्थाअनुसार एउटै पार्टीले बहुमत ल्याउने अवस्था नरहेकाले गठबन्धनको आवश्यकता रहेको बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै