नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधा मन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधामन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन । प्रधानमत्री देउवा पोखराको चुनावी सभा सकेर धनगढी पुगेका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड दाङको चुनावी सभालाई सम्बोधन गरेर हिजो बेलुका धनगढी पुगेका हुन ।
प्रधानमन्त्री शेरबहादु देउवा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा बसेका थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” धनगढीको रुबस होटेलमा बसेका छन्।
आज सत्तागठबन्धनले धनगढीको रङ्गशालामा चुनावी सभा गर्दैछ।
चुनावी सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्ने माओवादीका नेता रमेश भट्टराईले बताए।










