१७, बैशाख, २०७९, ओखलढुंगा : चम्पादेवी गाउपालिका वडा नं.६ अध्यक्षका नेकपा (माओवादी केन्द्र)का उम्मेद्धार गणेश खत्रीले साझा अनलाइन टि.भिका प्रधान सम्पादक सबिनकुमार तोलाङगी सँग टेलिफोन संबाद गर्दै भने गरिब तथा निमुखा जनताको जिबन सम्बृद्ध बनाउन पनि ने.क.पा (माओवादी केन्द्र) ले जित्नु पर्छ । माओवादी पार्टीको ठुलो बलिदानी पुर्ण संघर्षको कारण देशमा राजनैतिक परिवर्तन आएको छ । राज्यको समग्र ब्यवस्थामा परिवर्तन भएको छ अव जनताको अवस्थामा परिवर्नन गर्न बाँकी छ । नेपाली जनताको भाग्य र भबिष्यको फैसला माओवादी केन्द्रले मात्र गर्न सक्छ । किनकी गणतान्त्रीक राज्य ब्यवस्थाको असली जन्मदाता माओवादी नै हो । यसको रक्षा र बिकास केवल माओवादी केन्द्रले मात्र गर्न सक्छ ।
जनता माओवादी केन्द्र प्रति निकै नै असन्तूष्ट छन नी ? गरिव जनतालाई मिठा मिठा सपना देखाएर बिच बाटो मै छोड्यो ? माओवादी पार्टीले सरकारमा रहेर पनि जनताको मन जित्ने गरि काम गर्न सकेन भन्ने छ नी
जनताले हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्र प्रति निकै आसा र भरोसा राखेका थिए । हामीले जनताको सवै सपना पुरा गर्न नसकेको कुरा सत्य हो । हाम्रो पार्टीले नचाहेको पटक्कै हैन, यहाँले सवै घटना क्रमलाई केलाएर हेर्नु भयो भने हाम्रो जनता र राष्ट्र प्रतिको इमान्दारिता अवस्य देख्नु हुने छ । बास्तवमा भन्ने हो भने हामीले जनताको सेवाका निम्ती अपुर्ण अवसर पायौ जसले गर्दा हामीले चाहेर पनि परिवर्तनका एजेण्डा पुर्णरुपमा लागु गर्न सकेनौ । राज्य सत्तामा माओवादीको पुर्ण अधिकार कहिलै पनि रहेन अर्थात माओवादीको एकलौटी सरकार बन्न सकेन । जहिलै मिलि जुली सरकार बनाएर काम गर्नु पर्ने भयो । जसले गर्दा हामीले चाहेर पनि सवै काम गर्न सकेनौ तर जनता निरास हुनु पर्ने छैन् । जुनसुकै हालतमा हामी जनताको सपना पुरा गरेरै छोड्ने छौ ।
माओवादी केन्द्र ओखलढुंगा जिल्लाका युवा नेता गणेश के.सी (खत्री) एक दुरदृष्ट्री र बौद्धिक नेताको रुपमा चिनिन्छन् । उनी राजनैतिक हिसावले निकै प्रतिवद्ध छन् ।
गणेश के.सी (खत्री) सँग माओवादी आन्दोलन अर्थात माओवादी पार्टी प्रति निकै अनुयास्रित सम्बन्ध रहेको छ । १० बर्षे जनुयुद्धको अन्तरालमा उनले प्राण भन्दा प्यारो पितालाई अनाहकमा गुमाउन पुगे । निर्दाेश र निमुखा गरिव जनता माथि राज्यले बर्बर दमन गरेको थियो । सामान्य खेती किसान गर्दै जिवन गुजारा गरेका उनका बुवालाई आतंककारीको बिल्ला भिराएर शाही नेपाली शेनाले हत्या गर्याे । अहिले सम्झदा उनका आँखाबाट आँसु रोकिदैनन् ।
उनी मात्र नभई चम्पादेवी गाऊपालिका साविक फुलबारी गाऊ बिकास समितिमा अन्य दुई जनाको समेत निर्मम हत्या भएको थियो ।
चम्पादेवीका जनताले त्यसकारण पनि माओवादी केन्द्रलाई साथ दिइरहेका छन् । यस पालि पनि गणेशलाई जनताको निकै बिश्वास छ ।










