•            
    • sajhaonlinetv. com

    • २८ बैशाख २०७९, बुधबार ०८:५४

    आमिर खानकी छोरी आइराले बिकिनीमा जन्मदिन मनाउदा बिबादमा परिन ।

    भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता आमिर खानकी छोरी आइरा खानले आफ्नो जन्मदिन बिकिनी लगाएर मनाउदा बिबादमा तानिएकी छिन् । उनले हिजो बुधवार जन्म दिन आफ्नो परिवार सँग मनाएकी थिन ।

    यो विशेष अवसरका लागि आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखियो ।

    गर्मी लागेसँगै पुल पार्टीभन्दा अरु राम्रो विकल्प के होला र ? आइराले आफ्नो जन्मदिन मनाउन यही अवधारणा अपनाइन् । उनको जन्मदिनका केही तस्बिर चर्चाको विषय बनेको छ । आइराले जन्मदिनको केक काट्दै गर्दा आमिर, आजाद र रिना उनको नजिकै थिए ।

    उनका जन्मदिनका तस्बिरमा धेरैले निकै नराम्रो कमेन्ट पनि गरेका छन् । धेरैले आइरा खानको भिन्न शैलीको आलोचना गरेका छन् । कतिले भने केट काट्नुभन्दा अघि ड्रेस चेन्ज नगरेको भन्दै उनको ‘संस्कार’ माथि पनि प्रश्न उठाएका छन् । उनका तस्बिरमाथि आएको प्रतिक्रिया हेर्नुअघि आइराले इन्स्टाग्राममा सेयर गरेका केही तस्बिर हेरौँ ।

    उनको तस्बिरमाथि कमेन्ट गर्दै एकजना प्रयोगकर्ताले लेखेका छन्, ‘यो कस्तो सेलिब्रेसन हो भाइ ।’ अर्काले लेखेका छन्, ‘यी बलिउडकाहरुले नै हाम्रो संस्कृति खराब गरिरहेका छन् ।’ ‘कपडा लगाएपछि मात्रै केट काटेको भए हुन्थ्यो नि बहिनी,’ अर्का एकजनाले कमेन्ट गरे ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै