नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्सन मिति सरेको छ। स्थानिय चुनावको कारण ‘सम्झना बिर्सना’ चलचित्रको प्रदर्सन मिति सरेको हो । ‘सम्झना बिर्सना’ मा चर्चित नायिका पुजा शर्मा र आकास श्रेस्ठ ले अभिनय गरेका छन।

निमेष प्रधान निर्देशित फिल्म जेठ ६ गतेदेखि रिलिजको तयारीमा थियो । निर्माता आदित्य प्रधानका अनुसार चुनावको छेकोमा फिल्म ओझेलमा पर्न सक्ने कारणले प्रदर्शन स्थगित गरिएको हो ।
यसअघि फिल्मले प्रचारप्रसारलाई तीव्र बनाएको थियो । फिल्मको नयाँ रिलिज मिति चाँडै घोषणा हुने निर्माता प्रधानले अनलाइनखबरलाई जानकारी दिए । अभिनेत्री पूजाले पनि सामाजिक सञ्जालमार्फत फिल्म स्थगनबारे जानकारी दिएकी छन् । मुलुक यतिबेला आगामी शुक्रबार हुने स्थानीय निकायको चुनावमा होमिएको छ । फिल्म हलहरु पनि बिहीबार आंशिक बन्द र शुक्रबार पूर्ण रुपमा बन्द हुने तयारीमा छन् ।










