नेकपा बहुमतका सम्योजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । साझा अनलाईन टि.भिका प्रधान सम्पादक सबिन कुमार तोलाङगी सँग टेलिफोनमा कुरा गर्दै सम्योजक बास्तोलाले हिजो बुटवल मा भएको बम बिस्पोर्ट बारेमा सोध पुछको लागी नियन्त्रन मा लिएको जानकारी दिएका छन । सामान्य छलफल भैरहेको जनकारी दिए ।

बास्तोला सुर्खेतस्थित घर जाँदै गरेका थिए । त्यहीबेला उनलाई राप्ती गाउँपालिकाको भालुबाङमा प्रहरीले रोकेको थियो । बास्तोला निर्वाचन बहिस्कारको पक्षमा रहेको र उनका कार्यकर्ताहरुले विभिन्न स्थानमा निर्वाचन विरोधी गतिविधि गरेको रिपोर्टिङ प्रहरीमा आएकाले सोधपुछ गरेको प्रहरीले जनाएको छ । बम बिस्पोटको जिम्मा अहिले समा कसैले लिएको छैन ।










