नेकपा बहुमत का संयोजक धर्मेन्द्र बास्तोला प्रहरी सँगको लामो छलफल पछी छुटेका छन ।
बास्तोलालाई बिहीबार बिहान ४ बजेदेखि दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा थिए। प्रहरीलाई नेकपा बहुमत प्रती केहि सङ्का ,उपसङ्का थिए । छलफल पछी स्पस्ट भए पछी सम्योजक बास्तोला लाई छाडिएको छ ।
उनीसँगको छलफल र उनको पार्टीले विज्ञप्ति निकालेपछि बास्तोलालाई केहीबेरअघि छोडिएको दाङ प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
‘उहाँले चुनाव बिथोल्ने कुनै योजना नभएको बताउनुभयो। उहाँको पार्टीले पनि चुनाव बहिष्कार नगर्ने विज्ञप्ति निकालेपछि छोडेका हौं,’ रिजालले भने।










