बैसाख ३० गते हुने स्थानिय निर्बाचनको लागी मतदान गर्न पूर्व प्रधान मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।
प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । उनले भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् । पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उम्मेदवारी छ ।










