•            
    • sajhaonlinetv. com

    • २९ बैशाख २०७९, बिहीबार १०:४५

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउदै

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते सोमबार नेपाल आउने भएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन्।

    लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने छन् भने बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन् ।

    परराष्ट्र मन्त्री नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोज दिनेछन्।

    प्रधानमन्त्रीका रूपमा  मोदीको यो पाँचौं नेपाल भ्रमण हो भने पहिलो पटक भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । मोदी सोही दिन स्वदेश फर्किने कार्यक्रम छ । मोदी भ्रमणको तयारीस्वरूप बुधबार भारतीय वायु सेवाको जहाजमा अधिकारीहरू भैरहवा आइसकेका छन्।  

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै