निर्वाचन आयोगले भोली बैसाख ३० गते हुने स्थानिय चुनावमा कृयाशिल रहने उपत्यकाभित्रका प्रेस पास भएका सञ्चारकर्मीलाई अनुमतिपत्र नलिए पनी सबारी सधान चलाउन पाउने भएका छन । सवारी आवागमनलाई थप सहजीकरण गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने स्पष्ट पारेको हो ।
प्रेस पास नभएका सञ्चारकर्मीको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भई आएमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँले सवारी अनुमतिपत्र जारी गर्न सक्नेछन् ।











