•            
    • sajhaonlinetv. com

    • ३० बैशाख २०७९, शुक्रबार १४:४५

    काठमाडौं महानगरपालिकाको मतगणना  सर्वदलीय बैठकमा सहमति भए आजै रातिबाट हुने

    काठमाडौं महानगरपालिकाको मतगणना  सर्वदलीय बैठकमा सहमति भए आजै रातिबाट हुने भएको छ ।

    काठमाडौं महानगरपालिकाको मतगणना  सर्वदलीय बैठकमा सहमति भए आजै रातिबाट सुरू हुने जानकारी काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले बताए ।

    काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । भट्टराईका अनुसार सभागृहमा धमाधम मतदान स्थलहरुबाट मतपत्रसहितको बाकस आउनेक्रम जारी छ ।

    सर्वदलीय-सर्वपक्षीय बैठकमा सहमति नभए निर्वाचन अधिकृतहरुले मतगणनाको समय हेरफेर हुनसक्ने भट्टराईले बताए ।

    सर्वदलीय-सर्वपक्षीय बैठकले निर्णय गरेमा काठमडौं जिल्लाका सबै पालिकाको आजै रातिदेखि मतगणना गर्ने तयारी छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै