•            
    • sajhaonlinetv. com

    • १६ चैत्र २०७८, बुधबार ११:१७

    आहुति नेतृत्वको वैज्ञानिक समाजवादीको राष्ट्रिय सम्मेलन भोली

    आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौमा बिहीबार १२ बजे सम्मेलनको उद्घाटन कार्यक्रम तय गरेको संयोजक आहुतिले जनाएका छन् । काठमाडौमा उद्घाटन हुने सम्मेलनको चैत १८ र १९ गते भक्तपुरमा बन्दसत्र हुनेछ ।

    सम्मेलनमा ७० भन्दा बढी जिल्ला तथा भारत, युरोप, कोरिया र मध्य एसियाका देशहरुबाट छानिएका प्रतिनिधिहरू सहभागी हुने सो पार्टीले जनाएको छ । राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञान प्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना, नेपाली समाजको नयाँ वर्ग विश्लेषण, पितृसत्ता र जात व्यवस्थाको अन्त्यको स्पष्ट कार्यदिशा र कार्यनीति लगायत अन्य कार्यक्रमहरु तय गर्ने जनाएको छ । साथै नेपालको कम्युनिस्ट आन्दोलनको समीक्षाका साथै प्रतिक्रान्तिका कारणहरुको निर्मम समीक्षा र नयाँ युगको नयाँ कम्युनिस्ट पार्टी निर्माणको संकल्प हुनेछ ।



    भेलालाई नेकपा 9क्रान्तिकारी माओवादी) का महासचिव किरण, नेकपाका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका अतिथीहरुले शुभकामना मन्तव्य दिनेछन् ।

    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै