काठमाडौं महानगरपालिकाको मतगणना सुरु भै सकेको छ । आज शनिबार बिहान १० बजेदेखि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो ।
काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।










