भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच बेजोड प्रतिस्पर्धा देखिएको छ । महानगरको ४०० मत गन्दा माओवादीबाट गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले १६७ मत ल्याएकी छन् । यस्तै एमाले मेयरका उम्मेदवार विजय सुवेदीले पनि १६७ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसबाट गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले १६२ र राप्रपाका उम्मेदवार हिमला गुरुङले ९२ मत पाएकी छिन् ।










