गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा पाली कांग्रेसका उम्मेदार विजयी भएका छन । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी विजयी भएका हुन । पन्थीले आठ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी भएका छन ।

उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले आठ हजार १९ मत ल्याएर उपप्रमुख निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखका उम्मेदवार नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ७ हजार ३२० मत ल्याए । उपप्रमुखमा एमाले उम्मेदवार रीता पाण्डेले ७ हजार २ सय ३१ मत ल्याइन् ।










