खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रकी नेत्री अरुणादेवी राई २८८१ मत ल्याएर बिजय भएकी छिन भने निवर्तमान अध्यक्ष रहेका नेकपा एमालेका शंकरबहादुर राईले २५७५ मत ल्याएर पराजित भएका छन ।
उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् । जन्तेढुंगामा एमालेविरुद्ध गठबन्धन बनेको छ ।










