•            
    • sajhaonlinetv. com

    • १ जेष्ठ २०७९, आईतवार १०:४७

    रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदार ऋषिकेशव बुढामगर निर्बाचित

    रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले बिजय हासिल गरेको छ । माओबादीको उदगम स्थल भनेर चिनिने रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदार ऋषिकेशव बुढामगरले २१२२ मत ल्याएर निर्बाचित भएका छन ।

    निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५ मत आएको छ ।उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए ।थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए । सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ । वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं. २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्तीमगरले विजय हासिल गरेका छन् । वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्तीमगरले विजय हासिल गरेका छन् ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै