•            
    • sajhaonlinetv. com

    • १ जेष्ठ २०७९, आईतवार १५:२६

    गोरखाको जिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदार निर्बाचित

    गोरखाको जिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदार निर्बाचित भएका छन ।

    अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल निर्वाचित भएका हुन् भने उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका गोविन्द गुरुङले ३ हजार २८९ मत ल्याएका छन् ।

    उपाध्यक्षमा बिजयी बनेकी भुजेलले ३ हजार ५३२ मत ल्याएकी छन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्र गुरुङले ३ हजार ३६१ मत ल्याएकी छन् । कुल पाँच वटा वडा रहेको उक्त पालिकामा तीन वटा माओवादी केन्द्रले र बाँकी दुई वटा कांग्रेसले जितेको हो ।

    वडा नम्वर १,२,३ मा माओवादी केन्द्र र ४, ५ मा कांग्रेस बिजयी भएको निर्वाचन अधिकृत भण्डारीले बताए ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै