प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान सहित अवतरण गरेसँगै देउवाले विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । भैरहवामा प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, पर्यटन मन्त्री प्रेम आले लगायत पुगेका छन् । आज भारतका प्रधान मन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने कार्याक्रम रहेको छ ।