रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर पुनमगर विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा हरिबहादुर पुनमगरले २५४८ मत ल्याएर विजयी भएका छन । एमालेका रोशनकुमार वलीले २४९९ मत ल्याए । यस अघि गाउँपालिका अध्यक्ष रहेका नेकपा माओवादी केन्द्रका वीरवहादुर खत्री तेस्रो र विप्लव नेतृत्वको नेकपाका नेता चुडामणी वली चौथो स्थानमा रहेका छन् ।
माओबादीको उद्गम स्थल भएर चिनिने रोल्पामा काङग्रेसले बिजयको झाण्डा फर्फराउन सफल भएको छ ।
उपाध्यक्षमा नेपाली कांग्रेसका अमृता केसी वली २९०९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले २४४२ मत पाइन् ।
कांग्रेस वडानम्बर १,२,४,५ र ७ मा विजयी भएको छ । १ मा अमृतवहादुर वली, २ मा अमरवहादुर थापा, ४ मा कृष्ण वली, ५ मा अमृत बुढा र वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी भएका छन् ।
वडानम्बर ६ मा एमालेका वीरवहादुर वली र ३ नेकपा माओवादी केन्द्रका लोकमान वली विजयी भएका छन् । सो वडाको वडा सदस्यहरुमा भने स्वतन्त्र उमेदवार विजयी भएका छन् ।
यो गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठवन्धन गरेका थिए ।










