ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् । उनि नेपाली काङग्रेसको आङ्गिक सङगठन नेपाल तरुण द्ल, ओखलढुङ्गा जिल्ला कार्यसमितीका पूर्व अध्यक्ष्य हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङलाई १२०६ मतान्तरले पछि पार्दै रुम्दाली निर्वाचित भएका हुन् । तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आश्रचन राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।










