•            
    • sajhaonlinetv. com

    • ५ जेष्ठ २०७९, बिहीबार ०२:२२

    गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

    गोरखा जिल्लाको गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन । गोरखा जिल्लाको गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर राना निर्वाचित भएका छन् ।

    यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको नगरपालिकाको नेतृत्व माओवादीले जनाता समाजवादीसँग मिलेर खोसेको हो ।

    माओवादीका रानाले १८५६ मतान्तरले कांग्रेसका उम्मेदवार राजनराज पन्तलाई पराजित गरेका छन् । रानाले ८९६४ मत ल्याएर विजयी हुँदा पन्तले ७१०८ मतमात्रै ल्याए । तेस्रो भएको एमालेका सम्झना देवकोटाले ४९०९ मत पाइन् । यहाँ राप्रपाका रुद्रराज पाण्डेले ४१३ मत पाएका छन् ।

    उपमेयरमा भने नेपाली कांग्रेसकी मसलीमाया थोकर पुन विजयी भएकी छन् । उनले गठबन्धनकी उम्मेदवार जनता समाजवादीका नारायण खत्रीलाई पराजित गरेकी हुन् ।

    मसलीले ७४५३ मत ल्याएर विजयी हुँदा खत्रीले ६७१८ मत पाए । तेस्रो भएको एमालेका देवीबहादुर बस्नेतले ४९३४ मत ल्याएका छन् । राप्रपाकी सम्झना लामिछानेले २७३ मत पाइन् ।

    स्थानीय तहको गत चुनावमा गोरखाका दुवै नगरपालिका कांग्रेसले जितेको थियो । यसपटक दुवै माओवादीले जितेको छ । पालुङटारमा पनि माओवादी विजयी भइसकेको छ ।

    सम्बन्धित खवर
    सिफारिस सबै
  • साउन २३ बाट प्रदर्शन हुँदै
  • छुटाउनुभयो कि? सबै