विवेकशील साझा पार्टीकी चर्चित पूर्व युवा नेत्री तथा बागमती प्रदेशकी संयोजक रञ्जु दर्शनाले आज बुधबार किशु कुइँकेलसँग बिबाह बन्धनमा बाधिएकी छिन् ।
दर्शना र कुइँकेलले गत फागुनमा इन्गेजमेन्ट गरेका थिए। दर्शना झण्डै साढे चार वर्ष विवेकशील साझामा आबद्ध थिइन्। विवेकशील साझा पार्टीमा विचारबारे विवाद भएपछि उनले राजीनामा दिएर निस्कृय बसेकी थिइन ।
२०७४ को स्थानीय चुनावमा दर्शना काठमाडौं महानगरको मेयरमा समेत उठेकी थिइन्। दर्शणाले काठमाण्डौ बासिबाट राम्रै मत पाएकी छिन् । उनी काठमाण्डौको मेयर पदमा उठेपछि चर्चामा आएकी थिइन् ।










