नेपाली कला र सस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले लोक गायक शेर बहादुर आचार्यले पुर्ब मेचि देखि पश्चिम महाकाली सम्म सारङगी बजाउदै पैदल यात्रा सम्पन्न गरेका छन् ।
नेपाली कला र सस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले लोक गायक शेर बहादुर आर्चाले पुर्ब मेचि देखि पश्चिम महाकाली सम्म सारङगी बजाउदै पैदल यात्रा आज पशुपतिनाथ मन्दिरको प्रांगणमा समापन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रमा लोक गायक तथा बरिष्ट्र संगितकार नारायण रायमाझि, बरिष्ट्र लोक गायिका बिमा कुमारी दुरा, कलाकार धुव्र हिमाली ,साझा अनलाईन टि.भिका सम्पादक तथा चलचित्र निर्माता कमाल प्रसाद शर्मा र हिम सम्झौता डिजिटलका सञ्चालक नन्दराम परियार लगायत बिभिन्न मिडियाका पत्रकारहरुको बिचमा समापन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै आचार्यले भने पश्चिमी सस्कृतिको प्रभावले भबिष्यमा नेपाली कला, सस्कृति र लोक बाजाहरुको संकट नै हुने अवस्था आएकोले यो अभियान गर्नु परेको हो ।
शेर बहादुर आचार्यले २०७८ फागुन २४ देखि पैदल यात्रा शुरु गरेका थिए । उनलाई पुर्व मेचि देखि पश्चिम महाकाली सम्म १०२४ किलो मिटर पैदल यात्रा गर्न पचाँस दिन लाग्यो ।










