नेपालको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यस साता पनी २०५२.२० बिन्दुमा पुगेको बजार त्यहाँबाट उकालो चढ्न सकेन।
साताको पहिलो कारोबार दिन (आइतबार) २०३३.१३ बिन्दुमा खुलेको बजार साताभर १९.२ अंकले घटेर २०१३.९३ बिन्दुमा अडिएको छ।
यस साता साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको हो। यो साता नेप्सेमा ६ अर्ब ८४ करोडको कारोबार भएको छ। गत साता नेप्सेमा १० अर्बको बढीको कारोबार भएको थियो।
साताको पहिलो कारोबार दिन (आइतबार) २१.९१ अंक घटेको नेप्से परिसूचक सोमबार १२.९३ अंकले घट्यो।
तेस्रो कारोबार १७.६९ अंकले बढेको नेप्से चौथो कारोबार २९.४७ बिन्दुमा पुग्यो। अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ न्दिुमा अडिएको छ।
अघिल्लो साताहरुको तुलनामा नेप्से परिसूचकसँगै कारोबारमासमेत गिरावट देखिन थालिएको छ।
गत साउन ८ गतेदेखि घट्न थालेको बजार १८७ अंकको गिरावट देखिएको छ। औसत साढे २ अर्बको कारोबार डेढ अर्ब सीमित भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम घट्दै जानु राम्रो मानिँदैन। यसले लगानीकर्ताको मनोबल घटेको देखाउँछ।
गत वर्ष सेयर धितोकर्जासमेत घटेको देखिन्छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा ८० अर्ब ५० करोड गएको सेयरधितो कर्जा गत वर्ष त्यही अवधिसम्म ७६ अर्ब ३० करोडमा सीमित भएको छ। एकातिर सेयरधितो कर्जा घटेको छ भने अर्को तिर लगानीकर्ताको मनोबल समेत घटेको देखिन्छ।
मौद्रिक नीतिमा ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिएको छ।
यसले आगामी समयमा सेयरधितो कर्जा बढ्न सक्छ। जब लगानीकर्ताको मनोबल उच्च हुन्छ त्यसपछि मात्रै यस्तो कर्जा बढ्न सक्ने जानकार बताउँछन्।
ब्याजदर घट्ने आसामा रहेका लगानीकर्ता बढेको ब्याजदरले निरास पारेको छ।
यतिबेला अधिकांश बैंकहरु सेयरधितो कर्जा विज्ञापन गर्न थालेका छन। आगामी समयमा सहज रुपमा सेयरधितो कर्जा पाउने अवस्था बने पुनः लगानीकर्ताको मनोेबल बढ्न गई बजार सकारात्मक प्रभाव पार्न सक्छ।
यस साता सेन्सेटिभ इन्डेक्स १।८३ अंकले घटेको छ। उता फ्लोट इन्डेक्स १.२६ अंक घटेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७३ अंकले घटेको छ।
यस साता नेप्सेको कूल बजार पुँजीकरण ३१ खर्ब १४ अर्ब छ।
१३ वटै उपसूचकमा गिरावट
यस साता १३ वटा उपसमूहमा गिरावट आएको छ । यस साता म्युचल फण्ड ०.५ अंक, इन्भेष्टमेन्ट ०.४५ अंक, बैंकिङ उपसमूह ४.५१ अंक, अन्य उपसमूह १३.५७ अंक, फाइनान्स १५.०७ अंकले घटेको छ।
त्यसैगरी हाइड्रोपावर उपसमूह ४१.७३ अंक, ट्रडिङ २२.१२ अंक, माइक्रोफाइनान्स उपसमूह २५.८८ अंक, डेभलपमेन्ट बैंकको उपसमूह ४८।५८ अंक, म्यानिफ्याक्चरीङ ८६.१४ अंक, होटल एण्ड टुरिजम उपसमूह ११८.३ अंक, निर्जिवन बीमा कम्पनीको उपसमूह १११.६८ अंक र जीवन बीमा कम्पनीको उपसमूह १३५.२ अंकले घटेको छ।
यो साता सूचीकृत सेयर?
यस साता नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत भएको छ। यस साता नेप्सेमा एक कम्पनीको आईपीओ सूचीकृत भएको छ भने एक कम्पनीको वोनस सेयर सूचीकृत गरेको छ।
यो साता नेप्सेमा कुथुलि बुखुरी हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । कम्पनीले १२ लाख १८ हजार कित्ता नेप्सेमा सूचीकृत गरेको छ।
त्यसैगरी यस साता जाल्पा सामुदायिक लघुवित्तको वोनस सेयर सूचीकृत गरेको छ। जाल्पा सामुदायिक लघुवित्तको २ लाख २८ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
सर्वाधिक कमाउने कम्पनी
यो साता नेप्सेमा कुथुलि बुखुरी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ। यो साता नेप्सेमा आईपीओ सूचीकृत गरी कारोबार सुरु गरेको यस हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ।
सर्वाधिक कारोबार गर्ने कम्पनी
यो साता घोराहि सिमेन्ट कम्पनी, सोल्टी होटल, शिवम सिमेन्ट र आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
सर्वाधिक डिमान्डका कम्पनी
फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा अधिकांश माछापुच्छ्रे बैंक छ।
त्यसैगरी कुथुलि बुखुरी हाइड्रोपावर र नेपाल समाज लघुवित्त थिए।










