काठमाडौं । पछिल्लो समय काठमाडौँ–गोसाइँकुण्ड हेलिकोप्टर यात्रा विशेष चर्चामा छ । चार्टर्ड गरिएको हेलिकोप्टरबाट १५ मिनेट जान, १५ मिनेट आउन । ३० मिनेट घुमघाम गर्न । अनि, नीलकण्ठेश्वर महादेव (गोसाइँकुण्ड) को दर्शन गरेर जम्माजम्मी एकघण्टामै गोसाइँकुण्डको यात्रा सकिन्छ ।
पछिल्लो समय धार्मिक पर्यटकहरुलाई बोकेर गोसाइँकुण्ड हानिने हेलिकोप्टर कम्पनीहरुलाई भ्याई–नभ्याई छ । काठमाडौँ–गोसाइँकुण्ड चार्टर फ्लाइट गर्ने ५÷६ वटा कम्पनीहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।
सस्तो प्याकेजमा सेवा दिने नाममा हेलिकोप्टर कम्पनीहरुले दिनहुँ ५÷७ दर्जन धार्मिक पर्यटकहरु गोसाइँकुण्ड उडाइरहेका छन् । जानकारहरुका अनुसार हेलिकोप्टर कम्पनीले एकजना बराबर १६ हजार ५ सय रुपैयाँमा गोसाइँकुण्ड लैजाने–ल्याउने गरेका छन् ।
गत शिवरात्रीमा एउटै कम्पनीले एकदिनमा अधिकतम ५० चोटि गोसाइँकुण्ड चार्टर फ्लाइट ग¥यो । त्यस दिन सिम्रिक एयरले मात्रै अधिकतम ५० वटा फ्लाइट गरेको कम्पनीकी सिनियर म्यानेजर करुणा मानन्धरले रातोपाटीलाई बताइन् ।
‘शिवरात्रीमा सिम्रिक एयरले गोसाइँकुण्डको ऐतिहासिक फ्लाइट गरेको छ । यी फ्लाइटहरु रसुवा जिल्लाकै डाँडागाउँबाट समेत भएका हुन् ।